ad ad

समाज


ओखलढुंगामा पाहा खोज्दा चिप्लिएका युवक भिरबाट खसे

ओखलढुंगामा पाहा खोज्दा चिप्लिएका युवक भिरबाट  खसे

फाइल तस्बिर


नेपालखबर
जेठ १, २०८१ मंगलबार ७:१८, ओखलढुंगा

ओखलढुंगामा भिरबाट दहमा खसेर एक युवकको मृत्यु भएको छ। 

पाहा खोज्ने क्रममा भिरबाट चिप्लिएर खोलाको दहमा खस्दा चिसंखुगढी गाउँपालिका–७ ठोट्नेखोलाका २९ वर्षीय सन्तोष राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। 

सन्तोष साथीहरूसँग पाहा खोज्न आइतबार दिउँसो जंगल गएका थिए। 

पाहा खोज्ने क्रममा चिप्लिएर दहमा बेपत्ता भएका राईको खोजी गर्ने क्रममा सोमबार बिहान डुबेकै दहमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए। 

यस घटनाको विषयमा थपअनुसन्धान भइरहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .