उपचारका लागि भारतको हैदरावाद जाँदै गर्दा नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ।
परिवारका सदस्यको साथमा ट्रेनमा हैदरावाद जाँदै गर्दा गएराति २ बजे उनको मृत्यु भएको एमाले सुनसरीका सचिव राम कोइरालाले जानकारी दिए।
‘उहाँको प्याङक्रियाजमा समस्या थियो,’ कोइरालाले नेपालखबरसँग भने, ‘पहिला पनि उहाँको हैदरावादकै अस्पतालमा उपचार गरिएको थियो। फलोअपका लागि बुधबार परिवारका सदस्यले हैदाराबाद लैजाँदै गर्दा अस्पताल नपुग्दै ट्रेनमै उहाँको मृत्यु भएको हो।’
उनको शव घर ल्याउने प्रक्रिया सुरु भएको कोइरालाले बताए।
सुनसरीको बराहक्षेत्र नगरपालिका- ४ घर भएका ६२ वर्षीय खनाल यही जेठ ७ गतेमात्रै एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए।
अध्यक्षमा उनले खेमराज पोखरेललाई पराजित गरेका थिए। खनालका एक छोरा, एक छोरी र श्रीमती छन्।
252
Shares
प्रतिक्रिया