ad ad

समाज


रातभरिको वर्षाले बाढी आउँदा अरुण जलविद्युत् आयोजनाको बाँध भरियो

तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह
रातभरिको वर्षाले बाढी आउँदा अरुण जलविद्युत् आयोजनाको बाँध भरियो

नेपालखबर
साउन ३०, २०८१ बुधबार ९:१९, संखुवासभा

रातभरिको वर्षाले संखुवासभास्थित अरुण नदीमा जलसतह बढेको छ। 

नदीमा बाढी आएपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटीय क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ। 

स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न पनि आग्रह गरेको छ।  

निरन्तरको वर्षाले संखुवासभाको मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .