ad ad

समाज


उदयपुरमा पतिले छाडेकी महिलाका आमा-छोराको हत्या प्रकरण: अझै परेन प्रहरीमा जाहेरी

उदयपुरमा पतिले छाडेकी महिलाका आमा-छोराको हत्या प्रकरण: अझै परेन प्रहरीमा जाहेरी

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १३:२९, उदयपुर

उदयुरको कटारी नगरपालिका–१० स्थित  सोरुङ छविसेमा आमा–छोरा हत्या घटनाको अनुसन्धानमा प्रहरी खटिएको छ।  घटना घटेको २४ घण्टा बितिसक्दा पनि परिवारको तर्फबाट प्रहरीमा  जोहरी दरखास्त दर्ता भएको छैन।

बिहीबार बिहान ४० वर्षीय निर्मला थापा र उनका छ वर्षीय छोरा आरुस थापाको हत्या गरेको अवस्थामा शव फेलापरेको थियो। 

घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कटारीको टोली घटनास्थल पुगेका थिए। मृतकहरूको शव सर्जमिन मुचुल्का गरी शव परीक्षणका लागि कटारी अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय कटारीका निमित्त प्रमुख प्रहरी निरीक्षक उमेश महतोले जानकारी दिए।

बिहीबार बेलुकीसम्म पीडितको तर्फबाट कसैले जाहेरी दरखास्त प्रहरीमा नदिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। हत्या गरिएका निर्मला थापाको श्रीमान् अशोक थापा दुई वर्षअघि दोस्रो विवाह गरी भारततिर गएका थिए।

श्रीमान्ले दोस्रो विवाह गरेपछि निर्मला एक छोरासँग गाउँको वडा कार्यालय नजिकै पसल सञ्चालन गर्दै आएकी थिइन्। 

बिहीबार बिहान आमा–छोरा नै बेडमा घोप्टो अवस्थामा मृत भेटिएका थिए। टाउकामा धारिलो हतियार प्रयोग गरी उनीहरुको हत्या गरिएको देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा अनुसन्धानका लागि विज्ञ प्रहरी टोली खटाइसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन चापागाईले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .