ad ad

समाज


दाङमा साइकललाई जोगाउन खोज्दा मोटरसाइकल पल्टियो, दुई युवाको मृत्यु

दाङमा साइकललाई जोगाउन खोज्दा मोटरसाइकल पल्टियो, दुई युवाको मृत्यु

नेपालखबर
फागुन ९, २०८० बुधबार १०:३४, काठमाडौँ

दाङमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवाको मृत्यु भएको छ। 

घोराही-तुलसीपुर सडकखण्डमा आज बिहान ६ बजे रा ५ प ५४५३ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको बा २ झ ३६५२ नम्बरको बोलेरोले ठक्कर दिँदा रोल्पाका दुई युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए।

‘मृत्यु हुनेमा मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका- ५ का २१ वर्षीय विवेक पुन र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय नेत्र भण्डारी छन्,’ डीएसपी मल्लले नेपालखबरसँग भने, ‘घोराही उपमहानगरपालिका- १६ सर्रा चोकमा दुई सवारी साधन ठोकिँदा उनीहरुको मृत्यु भएको हो।’

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको डीएसपी मल्लले बताए।

सडकमा गुडिरहेको साइकल चालकलाई जोगाउन खोज्दा अनियन्त्रित भएको मोटरसाइकल बोलेरोमा ठोक्किएको  प्रत्यक्षदर्शीले बताएका छन्। 

दुर्घटनापछि प्रहरीले बोलेरो चालक रोल्पाको त्रिवेणी गाउँपालिका- २ का २९ वर्षीय निर्मल बुढालाई पक्राउ गरेको छ। 

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी मल्लले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .