अर्घाखाँचीमा ६ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
मालारानी गाउँपालिका ६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्मबहादुर भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेको छ। इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।
27
Shares
प्रतिक्रिया