मिलन चाम्स निर्देशित फिल्म ‘वर एन्ड वधु’ प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी भदौ १४ गतेबाट रिलिज हुनेछ।
निर्माणटिमले पोस्टर सार्वजनिक गर्दैँ फिल्मको मितिबारे सार्वजनिक गरेका हुन्। पोस्टरमा अभिनेत्री आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यलाई स्थान दिइएको छ। दुबैलाई जोडीको रुपमा हेर्न सकिन्छ।
यस फिल्ममा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, सीता न्यौपाने, सुरविर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतका अभिनय छ।
जानुका थापाको लगानी रहेको फिल्मको कार्यकारी निर्माता अमित रिजाल हुन्। एलआरके प्रोडक्शनको ब्यारनमा बनेको यो फिल्ममा सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन रहेको छ। फिल्मको छायांकन नेपाल र रोमानियामा गरिएको हो। फिल्मको हाल प्रोष्ट प्रोडक्शनको काम चलिरहेको छ।
फिल्म ‘वर एण्ड बधु’ले सामाजिक कथालाई रमाइलो शैलीमा भन्ने निर्माणपक्षले बताएको छ। तीजको छेको पारेर यो फिल्म रिलिज गर्न लागिएको हो।
Shares
प्रतिक्रिया