ad ad

समाज


रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु, २ घाइते

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु, २ घाइते

नेपालखबर
असार २४, २०८१ सोमबार १३:२७, रुपन्देही

रूपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय युवकको मृत्यु भएको छ। 

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको यूपी ५६ एबी ०४७७ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भइ तिलोत्तमा नगरपालिका १५ कोटिहवाको सडकमा आइतबार साँझ पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा भारतको महाराजगंज आदर्शनगर बस्ने ३० वर्षीय गोलु मधेसियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनालाई उपचारको लागि भारततर्फ लगिएको छ। 

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .