ad ad

समाज


रूपन्देहीमा माइक्रो दुर्घटना हुँदा ८ जना घाइते

रूपन्देहीमा माइक्रो दुर्घटना हुँदा ८ जना घाइते

नेपालखबर
असार २५, २०८१ मंगलबार ११:४४, काठमाडौँ

रूपन्देहीमा माइक्रो बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। 

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको माइक्रो तिलोत्तमा नगरपालिका- २ शंकरनगरमा अनियन्त्रित भएर पल्टिँदा आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। तीव्र गतिको कारण माइक्रो दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। 

माइक्रोमा १६ जना सवार थिए। घाइतेमध्ये सहचालकलाई बढी चोट लागेको र सात जना घाइतेको अवस्था सामान्य रहेको प्रहरीले  जनाएको छ।

दुर्घटनामा परेको माइक्रोका चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .