ad ad

समाज


दाइजोविरुद्धको कसुरमा डा. पंकज चौधरी फेरि पक्राउ

दाइजोविरुद्धको कसुरमा डा. पंकज चौधरी फेरि पक्राउ

नेपालखबर
मंसिर २८, २०७९ बुधबार १३:७, धनुषा

दाइजोविरुद्धको कसुरमा डा. पंकज चौधरीलाई प्रहरीले फेरि पक्राउ गरेको छ। महोत्तरीको रामगोपालपुर ५ का ३५ वर्षीय पंकजलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको हो।

उनकी श्रीमती नेहा  चौधरीले दिएको दाइजोविरुद्धको जाहेरीको आधारमा पंकजलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए। 

दाइजोकै निहुँमा श्रीमती नेहालाई कुटपिट गरी घरबाट निकाला गरेको आरोप लागेपछि कारबाही गर्न पंकजमाथि अनुसन्धान भइरहेको डिएसपी पोखरेलले बताए।

उनलाई जिल्ला प्रहरी कार्यालय जलेश्वरको हिरासतमा राखिएको छ। गत फागुनमा नेहा र पंकजको समाजिक परम्परा अनुसार विवाह भएको थियो। 

जसमा नेहाको माइतीपक्षले नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ खर्च गरेका थिए। 

पंकजले दाइजोमा काठमाडौंमा घर किनिदिन भन्दै आफूमाथि कुटपिट तथा यातना दिँदै आएको नेहाको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .