सिराहामा आफन्तले नै कुटपिट गरेर एक वृद्धको हत्या गरेका छन्।
धनगढीमाई नगरपालिकामा १ सोनापुरका ६८ वर्षीय हेमप्रसाद यादवको आफन्तकै कुटपिटबाट मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
हेमप्रसादलाई आफ्नै भाई गंगाप्रसाद र भतिज जिवछको मंगलबार निर्धात कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए।
‘सीमानामा रहेको रुखको हाँगा काट्ने विषयमा दाजुभाइबीच सुरु भएको विवादले उग्ररुप लिएपछि उनीहरुबीच कुटाकुट भएको थियो,’ डीएसपी पाण्डेले भने, ‘गम्भीर घाइते यादवलाई उपचारको लागि अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको हो।’
कुटपिटबाट गम्भीर घाइते भएका यादवलाई उपचारको लागि प्रादेशिक अस्पताल लहान पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनापछि कुटपिटमा संलग्न बाबुछोरा फरार भएका छन्। उनीहरुको खोजी भइरहेको सिराहा प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया