जाडो बढ्दै गएपछि तराई-मधेशका केही विद्यालयले जाडो बिदा थप गर्न थलेका छन्।
तराई मधेशका अधिकांश स्थानीय तहले दुई साताअघि देखि विद्यार्थीलाई जाडो बिदा दिएका थिए।
माघ पहिलो सातासम्म बिदा दिएका कतिपय विद्यालयले जाडो नघटेपछि बिदा थप गर्न थालेका हुन्।
सर्लाहीको लालबन्दी नगरपालिका ७ मा रहेको जानकी माविले आइतबार एक सूचना जारी गरी जाडो बिदा थप गरिएको जनाएको छ।
प्रधानाध्यापक हिरालाल महतोले आइतबार बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘आज (७ माघ) देखि विद्यालयमा पठनपाठन सुरु गर्ने भनिएकोमा अझै मौसममा सुधार नभई अत्यधिक चिसो बढेको कारणले मौसम सुधार नआएसम्म वा विद्यालयको अर्को सूचना नआएसम्मको लागि विद्यालय बिदा गरिएको छ।’
विगत तीन सातादेखि राम्ररी घाम नलाग्दा सर्लाहीसहित तराई मधेशको जनजीवन कष्टकर बनेको छ। शीतलहरसँगै चिसो हावा चल्दा स्कुल जाने उनमेरका बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।
Shares
प्रतिक्रिया