प्रहरीले रौतहटबाट ६९ बोरा अवैध रासायनिक मल बरामद गरेको छ।
ना ३ ख ४६८० नम्बरको ट्रकमा राखेर भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लक्ष्मिनियाको टोलीले मल रामद गरेको हो।
गोप्य सूचनाको आधारमा रौतहटको फतुवा विजयपुर- ८ मा जाँच गर्दा ट्रकमा परालको भुसले छोपेर अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा युरिया मलका ६९ बोरा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीले ट्रक चालक चितवनको टाँडी नगरपालिका- १३ घर भएका ५६ वर्षीय सुनिल दरै र ट्रक धनी चितवनकै रत्ननगर नगरपालिका- १३ का ५३ वर्षीय गोविन्द भुजेललाई पनि पक्राउ गरेको छ।
बरामद मल र ट्रकसहित उनीहरुलाई गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
150
Shares
प्रतिक्रिया