प्रहरीले बाराबाट २९ लाख रुपैयाँ भन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ।
बाराका विभिन्न स्थानबाट २९ लाख २१ हजार सात सय ५७ रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए। भारतबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा सामान बरामद भएको हो।
इलाका प्रहरी कार्यालय अमलेखगन्जको टोलीले जितपुर सिमरा उपमहानगरपालिका-२१ बाट ना ३ ख २२९ नम्बरको डिब्बा भ्यान गाडीबाट २८ लाख ५३ हजार रुपैयाँ भन्दा धेरै मूल्यको अवैध सामान बरामद गरेको छ।
वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको गाडीबाट सामान बरामद भएको डीएसपी न्यौपानेले जानकारी दिए।
त्यसैगरी बाराको गढिमाई र बिश्रामपुरबाट पनि अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
12
Shares
प्रतिक्रिया