ad ad

समाज


बर्दिवासको रातु किनारमा शव भेटियो, घटना अनुसन्धान गर्दै प्रहरी

बर्दिवासको रातु किनारमा शव भेटियो, घटना अनुसन्धान गर्दै प्रहरी

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १३:१६, महाेत्तरी

महोत्तरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ। 

बर्दिवास नगरपालिका-३ कालापानीस्थित रातु खोलाको ड्याममा आइतबार बिहान १० बजे एक पुरुषको शव फेला परेको स्थानीयवासीसमेत रहेको युवा समाजसेवी गणेश बस्नेतले जानकारी दिए।

इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले खोला किनारमा शव भेटिएको पुष्टि गरे। 

‘अहिलेसम्म शवको सनाखत हुन सकेको छैन। हाम्रो टोली अहिले घटनास्थलमै छ,’ डीएसपी पोखरेलले नेपालखबरसँग भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धानपछि विस्तृत विवरण हामी पछि सार्वजनिक गर्ने छौँ।’

जुँगा पालेका उमेरदार पुरुषको शव खोला किनारमा उत्तानो परेको अवस्थामा भेटिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .