ad ad

समाज


सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ जना घाइते

सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ जना घाइते

फाइल तस्बिर


नेपालखबर
जेठ २०, २०८१ आइतबार १०:११, काठमाडौँ

सप्तरीमा आँप बोकेको ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २२ जना घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर छ।

कञ्चनपुर राजविराज हुलाकी सडक खण्डमा पर्ने सुब्बाटोलमा शनिबार साँझ स १ त ६२९५  नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डुन्डीराज न्यौपानेले जानकारी दिए। 

‘दुर्घटनामा सिरहाको लाहान नगरपालिका-१९ घर भएका ३२ वर्षीय मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का २१ वर्षीय सुशिल रामको मृत्यु भएको हो,’ डीएसपी न्यौपानेले भने, ‘घाइते २२ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ।’

हुलाकी सडक भएर राजविराजबाट आँप लिए कञ्चनपुरतर्फ आउँदै गरेको अवस्थामा ट्याक्टर सडकबाट झण्डै १० मिटर तल खसेर दुर्घटना भएको हो। ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको न्यौपानेले बताए।  

घाइतेमध्ये १४ जनाको विराटनगरको गोल्डेन सिटी अस्पतालमा उपचार भइरहेको छ। त्यहाँ उपचाररतमध्ये दुईजनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।  

घाइतेमध्ये सामान्य अवस्थाका ८ जना स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्। दुई जना घाइतेको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको छ। 

दुर्घटनामा ट्याक्टर चालक सप्तरीकै कञ्चनपुर १२ का अकबर मियाँ पनि घाइते भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .