ad ad

समाज


दोस्रो विश्वयुद्ध लडेका समाजसेवी बबजरजंग थापाको १०३ वर्षको उमेरमा निधन

दोस्रो विश्वयुद्ध लडेका समाजसेवी बबजरजंग थापाको १०३ वर्षको उमेरमा निधन

नेपालखबर
असार २४, २०८१ सोमबार १०:३२, सर्लाही

दोस्रो विश्वयुद्धमा सहभागी भएका सर्लाहीको हरिवन निवासी बबरजंग थापाको १०३ वर्षको उमेरमा निधन भएको छ। 

उनको आज (सोमबार) बिहान हरिवन नगरपालिका ९ सुखेपोखरीस्थित आफ्नै निवासमा निधन भएको हो। 

‘उहाँ कोठामा एक्लै सुत्नुहुन्थ्यो,’ थापाका नाती प्रतिक कार्कीले नेपालखबरसँग भने, ‘बिहान नौ बजे खाना खानको लागि बोलाउन जाँदा उहाँको निधन भइसकेको पायौँ।’

वि.सं.१९७८ साउन ५ गते सिन्धुलीको रातामाटामा जन्मिएका थापा १८ वर्षको उमेरमा अंग्रेज सेनामा भर्ना भएर दोस्रो विश्वयुद्धमा सहभागी भएका थिए। 

आफूले बर्मा राइफलमा भर्ना भएर तीन वर्षसम्म अंग्रेज सेनाका तर्फबाट दोस्रो विश्वयुद्ध लडेको एक वर्षअघि थापाले नेपालखबरसँगको कुराकानीमा बताएका थिए। 

दोस्रो विश्वयुद्धबाट फर्किएपछि थापाले हरिवनमा पहिलो विद्यालय स्थापना गर्नुका साथै तत्कालिन हरिवन गाउँ पञ्चायतको उपाध्यक्ष भएर पनि काम गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .