आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ जनाको मृत्यु भएको छ। गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा एक तिहाइले बढेको जानकारी दिए।
आव २०७९/८० मा भने २९ पुरुष, पाँच–पाँचजना महिला र बालक गरी ३९ जनाको मृत्यु भएको थियो।
प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको बताए। आव २०८०/८१ मा सात सय ९६ र आव २०७९/८० मा भने चार सय ९८ सवारी दुर्घटना भएका थिए। रासस
81
Shares
प्रतिक्रिया