ad ad

समाज


महोत्तरीमा बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

महोत्तरीमा बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

ढुंग्रेखोलाको पुल नजिक बाढीले बगाएको सडक


नेपालखबर
साउन १६, २०८१ बुधबार ११:५, काठमाडौँ

बाढीले सडक बगाउँदा महोत्तरीमा पूर्वपश्चि राजमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि बर्दिबास नगरपालिकाकाे ५ नम्बर वडाको जंगल क्षेत्रमा सडक अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ। 

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी रेवतीरमण पोखरेलका अनुसार बर्दिवासस्थित ढुंग्रखोलाको बेलगाछी पुलकाे मुखकाे  सडक बाढीले बगाएको हो। 

‘ढुंग्रेखोला पुलको पश्चिमतिर करिब १२ फिट सडक बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध छ,’ डीएसपी पोखरेलले नेपालखबरसँग भने, ‘साना गाडी वैकल्पिक सडक भएर चलेका छन्।’

पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा पूर्वबाट आएका गाडी बर्दिबासमै रोकिएका छन् भने पश्चिमबाट आएका गाडी सर्लाहीको लालबन्दी, फूलजोर, महोत्तरीको लक्ष्मिनियाँ लगायतका ठाउँमा रोकिएका छन्। 

‘कतिपय गाडी गौशाला हुँदै वैकल्पिक सडकबाट पनि चलेका छन्,’ पोखरेलले भने, ‘केही गाडी हुलाकी राजमार्ग हुँदै चलेका छन्। साना गाडी कच्ची सडकबाट पार भए पनि ठूला गाडी रोकिएका छन्।’ 
 

पूर्वबाट आएका धेरै गाडी गौशाला हुँदै लक्ष्मिनियाँ, फुलजोरतिर निस्केर पनि गन्तव्यतिर लागेका उनले बताए छन्। तर, मालबाहक ट्रकसहित ठूला बस भने सडकमै रोकिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .