ad ad

समाज


धनुषाको जलाद खोलामा डुबेर ९ र १० वर्षका २ बालिकाको मृत्यु

धनुषाको जलाद खोलामा डुबेर ९ र १० वर्षका २ बालिकाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
भदौ १, २०८१ शनिबार ५:३१, धनुषा

धनुषाको मिथिला बिहारी नगरपालिका–९ स्थित जलाद खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका–३ घर भई आफन्तको घरमा गएकी १० वर्षीया सन्ध्या यादवको जलाद खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो नुहाउन गएका दुई बालिका जमेको पानीमा तैरिरहेको देखेपछि स्थानीयले निकालेका थिए। 

दुवैजनाको घटनास्थलमै मृत्यु भइसकेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए। 

दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। भने घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .