संघीय सरकारले गैरकानुनी घोषणा गरेर कारबाही अघि बढाइरहेका बेला मिटरब्याजी साहुकारसमेत आन्दोलनमा उत्रिएका छन्।
हजारौँ मिटरब्याजीपीडितहरुको उठिबास लागेको अवस्थमा सरकारले कानुन बनाएर यसलाई प्रतिबन्ध गर्ने र साहुकारहरुलाई कारबाही चलाउने प्रक्रिया अघि बढाइरहँदा राजधानी काठमाडौंमै अनौठो दृश्य देखिएको छ।
खासगरी मधेश प्रदेशका मिटरब्याजी साहुकारहरुले संघर्ष समिति नै गठन गरेर सडक आन्दोलन थालेका हुन्।
उनीहरुले आफूहरूलाई सरकारले डर त्रास देखाएर मिटरब्याजी भनेर बदनाम गर्न खोजेको उनीहरुको तर्क छ।
मिटरब्याजी भन्दै प्रशासनमा निवेदन दिने,धम्क्याउने र कारबाही अघि बढाउने जस्ता कुरा गरेर आतंकित बनाइएको उनीहरुको गुनासो छ।
उनीहरुले कुनै पनि बहानामा आफूहरुलाई अफ्ठेरो पार्न खोजिए चरणबद्ध आन्दोलन थाल्ने चेतावनी सरकारलाई दिएका छन्।
उनीहरूले मिटरब्याजी प्रकरणका उजुरीको जाँचबुझ र छानबिन जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने तर्क गरेका छन्।
मिटरब्याजीका नाममा ठगी गरेको प्रमाण भेटिए मात्रै मुद्दा चलाउन पनि उनीहरुले माग गरेका छन्।
आन्दोलित उनीहरुले हाल विभिन्न सरकारी निकायमा दर्ता उजुरीलाई जाँचबुझ तथा छलफलका लागि स्थानीय सरकारलाई दिनुपर्ने, आफूहरुको लगानीको सावाँ र व्याज पनि फिर्ता हुनुपर्नेसहित माग राखेका छन्।
Shares
प्रतिक्रिया