ad ad

राजनीति


हाम्रा शीर्ष परमाणु वैज्ञानिकको हत्या गर्ने देश चिनिसकेका छौं, बदला लिन्छौं : इरान

हाम्रा शीर्ष परमाणु वैज्ञानिकको हत्या गर्ने देश चिनिसकेका छौं, बदला लिन्छौं : इरान

नेपालखबर
मंसिर १३, २०७७ शनिबार १:१३,

इरानले आफ्ना शीर्ष परमाणु वैज्ञानिक मोहजिन फख्रिजडाई हत्या गर्नेविरुद्ध बदला लिने चेतावनी दिएको छ।

इरानका विदेशमन्त्री मोहम्मद जवाद जरिफले हत्यामा इरारायलको संलग्नता आशंका गरेका छन्।

ट्विट गर्दै उनले भनेका छन्, ‘आतंकवादीले इरानका प्रमुख वैज्ञानिकको हत्या गरेका छन्, यसमा इजरायलको हात हुने गम्भीर संकेत प्राप्त गरेका छौं।’ त्यसको बदला लिने उनले चेतावनी दिएका छन्।

इरानी विदेश मन्त्रालयका अनुसार वैज्ञानिक फख्रिजडाई चढेको कारलाई निशाना बनाएर आक्रमण गरिएको र त्यस क्रममा अंगरक्षकसँग झडप भएको थियो। पहिले विस्फोट र त्यसपछि मेसिनगनको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन्। त्यस क्रममा ४ आक्रमणकारी मारिएको पनि बताइएको छ।

पश्चिमी देशका गुप्तचर संयन्त्रका अनुसार इरानले गोप्य रूपमा सञ्चालन गरेको परमाणु हतियार कार्यक्रममा फख्रिजडाई
संलग्न थिए।

पश्चिमा मुलुकले उनलाई ‘इरानी परमाणु बमका पिता’ भन्ने गर्थे। इरानले भने परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यले सञ्चालन गरिएको दाबी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .