हुम्लामा चार दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृतावस्थामा फेला परेका उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए।
यही पुस १६ गते बेलुका गोठमा बाख्रा भित्र्याउन गाउँ नजिकैको खर्कमा गएका बुढाथोकी हराएका थिए।
गाउँ नजिकैको अल्का ढुस्काको भीरबाट खसेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको स्थानीयवासी जीवन ऐडीले बताए। बुढाथोकीको शुक्रबार आफन्तले अन्त्यष्टि गरेका छन्। रासस
24
Shares
प्रतिक्रिया