कैलालीमा घर पोत्ने माटो लिन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ।
गौरीगंगा नगरपालिका–५ लालीगुराँसकी ४१ वर्षीया लक्ष्मी सिजापतीको शनिबार माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
स्थानीय शिवशक्ति सामुदायिक वन क्षेत्र माटो खन्ने क्रममा माथिबाट एक्कासी माटोको ढिस्को खस्दा उनी पुरिएकी थिइन्।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए।
33
Shares
प्रतिक्रिया