१६ वर्षीया किशोरी बलात्कृत भएपछि अछाममा छाउगोठ भत्काइएको छ।
पञ्चदेवल विनायक नगरपालिका–२ रिठे तोलाकी १६ वर्षीया एक किशोरी सोमबार राति महिनावारी हुँदा घर नजिकै छाउगोठमा बसेको बेला सामूहिक बलात्कारमा परेकी थिइन्।
छाउगोठमा बसेकी किशोरी अचेत अवस्थामा फेला परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरी टोलीले छाउगोठ भत्काएका हुन्।
किशोरी बलात्कारमा परेको सूचना पाएपछि पञ्चदेवल विनायकका नगरपालिकाका प्रमुख अम्बिका चलाउनेलगायत जनप्रतिनिधि घटनास्थलमा पुगेका थिए।
किशोरीको उद्धारपछि उनी बलात्कारमा परेको छाउगोठ भत्काइएको हो।
72
Shares
प्रतिक्रिया