लगातारको वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ।
साँफेबगर नगरपालिका–१३ स्थित बुढाबगर पहिरो खस्दा सडक अवरुद्ध भएको हो। निरन्तर पहिरो खसिरहेकाले बाटो खुलाउन जोखिम बनेको हो।
पहिरोका कारण बाजुराबाट धनगढी र धनगढीबाट बाजुरा जान लागेका यात्रुवाहक बस वारिपारि रोकिएका अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाउने प्रयास गरिने उनले बताए।
सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिरिने र भित्रिने सवारीसाधन रोकिएका छन्। गाडी रोकिँदा यात्रुले सास्ती खेप्नुपरेको छ।
इलाका प्रहरी कार्यालय साँफेबगरका इन्चार्ज प्रहरी निरीक्षक खगेन्द्र साउदको कमाण्डमा प्रहरीको टोली पहिरोस्थलमा खटिएको छ। रासस
3
Shares
प्रतिक्रिया