अर्जेन्टिनी स्टार लियोनल मेस्सी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोबीच फुटबलको रेकर्ड तोड्नमा जहिल्यै प्रतिस्पर्धा भइरहन्छ।
तर यसपटक इन्स्टाग्राममा पनि यी दुईबीच एकअर्काको रेकर्ड तोड्ने प्रतिस्पर्धा चलेको छ।
गतवर्षको नोभेम्बर २५ मा जब रोनाल्डोले महान फुटबलर म्याराडोनालाई श्रद्धाञ्जली दिँदै एउटा फोटो राखेका थिए त्यसमा १ करोड ९८ लाख लाइक आएको थियो।
सो फोटो इन्टाग्राममा सबैभन्दा बढी लाइक्स पाउने खेल फोटो बनेको थियो।
यतिबेला मेस्सीले कोपा अमेरिका जितेपछि इन्स्टाग्राममा राखेको तस्बिरले रोनाल्डोको सबैभन्दा बढी लाइक्स पाउने फोटोको रेकर्ड तोडेको छ।
मेस्सीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेपछि राखेको फोटोमा २ करोडभन्दा बढी लाइक्स आइसकेको छ। मार्का
93
Shares
प्रतिक्रिया