बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा नेपाली खेलाडीहरुले पाउँदै आएको तलबको २० प्रतिशत बढ्ने भएको छ।
ईपीएल आयोजक र फ्रेन्चाइज टोलीका मालिकहरुबीच आज भएको छलफलले खेलाडीहरुले पाउँदै आएको तलब वृद्धि गर्न सहमत भएको ईपीएलले जनाएको छ।
अहिले भइरहेको महामारीका कारण खेलाडीहरुले आर्थिक समस्या भोगिरहेकाले तलब बढाउने निर्णय भएको हो।
चितवन टाइगर्सका मालिक किशोर भट्टराईले कोभिड–१९ को महामारीका कारण खेलाडीहरुले लिगमा सहभागी हुन र पारिश्रमिक पाउन नसकेको भन्दै यो वर्ष २० प्रतिशत तलब बढाउन सहमत भएको बताएका छन्।
ईपीएलका प्रबन्धनिर्देशक आमिर अख्तरले खेलाडीहरुको पारिश्रमिक बढाउन सहमत भएकोमा सबैलाई धन्यवाद दिएका छन्।
18
Shares
प्रतिक्रिया