ad ad

खेल


अफगान महिला फुटबल खेलाडीको उद्धार गर्न फिफाको आग्रह

अफगान महिला फुटबल खेलाडीको उद्धार गर्न फिफाको आग्रह

नेपालखबर
भदौ ६, २०७८ आइतबार १३:५२, काठमाडौँ

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अफगानिस्तानका महिला खेलाडीहरुको उद्धार गर्न विभिन्न देशका सरकारहरुसँग आग्रह गरेको छ। 

तालिबानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा गरेपछि खेलाडीहरु ज्यानको सुरक्षालाई लिएर डराइरहेका छन्। 

खेलाडीहरुको संगठन फिप्रोले पनि खेलाडीहरुलाई सहयोग गर्न आग्रह गरिरहेको छ। युनियनले खेलाडीहरुको उद्धारका लागि काम गरिरहेको र धेरै मानिसहरुको सुरक्षामा ल्याउने जनाएको छ। 

फिफाले अफगानिस्ताको स्थिति अस्थिर र चिन्ताजनक रहेको बताएको छ। यसअघि अफगानिस्तान महिला फुटबल टोलीकी पूर्वकप्तान खालिदा पोपलले खेलाडीहरुको सुरक्षाको लागि आग्रह गरेकी थिइन्। 

तालिवानले अफगानिस्तानमाथि कब्जा गरेपछि खेलाडीहरु सुरक्षाको विषयलाई लिएर डराइरहेका छन्।   

पोपलले भनेकी छिन्, ‘म राम्रोसँग निदाउन सकिरहेको छैन, रोइरहेको छु र एकदमै असहाय महशुस गरिररहेको छु।’ 

फिफाका प्रवक्ताका अनुसार उनीहरुले अफगानिस्तान फुटबल संघ र अन्य सरोकारवालासँग छलफल गरिरहेको र खेलाडीहरुको बारेमा जानकारी लिइरहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .