ad ad

खेल


सर्‍यो पोखरा प्रिमियर लिग

सर्‍यो पोखरा प्रिमियर लिग

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार १०:५७,

पोखरा प्रिमियर लिगको दोस्रो संस्करण एक महिना पछि सरेको छ। आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्टले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नयाँ मिति घोषणा गरेको हो।

यसअघि नोभेम्बर १२ बाट सुरु हुने भनिएको प्रतियोगिता अब डिसेम्बर १४ देखि २८ सम्म पोखरामा आयोजना हुने विज्ञप्तिमा जनाइएको छ।

पूर्व घोषित समयमा नेपाली यू–१९ टोली भारत जाने, इंग्ल्याण्डको मेरिलेबन क्लब नेपाल आउने तथा दक्षिण एसियालीी खेलकुदको लागि महिला क्रिकेटको तयारी पोखरा रंगशालामै हुने भएपछि प्रतियोगिताको मिति सार्नुपरेको आयोजकले जनाएको छ।

टी–२० फ्रेन्चाइजी क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर, चितवन राइनोज र धनगढी ब्लुजले सहभागिता जनाउँदै आएका छन।

अघिल्लो संस्करणको विजेता पोखरा पल्टनले २८ लाख हात पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .