चीनमा टेनिस खेल्न गएका राप्रपा अध्यक्ष कमल थापाले घाइते भएपछि खेल छाडेका छन्।
चीनको सेन्जेन शहरमा शुक्रबार सुरु भएको आईटीएफ सेन्जेन इन्टरनेशनल सिनियर सर्किटको दोस्रो खेलमा शनिबार थापा घाइते भएका हुन्।
पिंडौला र तिघ्राको मांसपेसीमा एकैसाथ गंभीर समस्या देखिएकाले थापाले जितिरहेको खेल बिचैमा छोडेका हुन्।
भारतका अभिजित भरद्वाजलाई पहिलो सेटमा जितेपछि दोस्रो सेटमा ३–० ले जितिरहेको अवस्थामा मांसपेसीमा समस्या देखिएको थियो। सो सेट ६–३ मा गुमाएका थापाले रिटायर्ड हर्ट भएर तेस्रो सेट खेल्न सक्ने अवस्था नभएपछि खेल बिचमै परित्याग गरेका हुन्।
पिंडौलाबाट शुरु भएको समस्या तिघ्रा हुँदै ढाड र अन्य ठाउँमा पनि फैलिन थालेपछि थापाले खेल छोडिदिएको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले बताए।
थापा घाइते भएपछि पहिलो दुई सेट २ घन्टा ३५ मिनेट लामो समयसम्म चलेको बर्तौलाले बताए।
प्रतिक्रिया