ad ad

खेल


भारतीय क्रिकेट टोलीले गर्ला त पाकिस्तान भ्रमण?

भारतीय क्रिकेट टोलीले गर्ला त पाकिस्तान भ्रमण?

नेपालखबर
मंसिर २, २०७८ बिहिबार ११:१४, काठमाडौँ

पाकिस्तानले सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफी आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को यो निर्णयपछि भारतले उक्त प्रतियोगितामा भाग लिन्छ वा लिँदैन भन्ने प्रश्न उठेको छ।

बीबीसीका अनुसार भारतका खेल तथा युवा मामिला मन्त्री अनुराग ठाकुरले समय आएपछि भारत सरकार र गृह मन्त्रालयले यस विषयमा निर्णय गर्ने बताएका छन्। उनले भारतले यस विषयमा निर्णय गर्न हतार नगर्ने उनको भनाइ छ। 

ठाकुरले अन्तर्राष्ट्रिय खेल हुने समयमा सबै पक्षलाई ध्यानमा राखेर निर्णय गरिने बताएका छन्। मंगलबार आईसीसीले सन् २२४ देखि २०३१ सम्म हुने महत्वपूर्ण प्रतियोगिता हुने मिति तथा स्थान सार्वजनिक गरेको थियो ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्षले च्याम्पिन्स ट्रफीबारे कुनै नकारात्मक समाचार नआउने र यसमा कुनै परिवर्तन नहुने विश्वास व्यक्त गरेका छन् । 

भारतीय खेलकूदमन्त्री ठाकुरले भने पाकिस्तानमा खेल्नु जोखिमपूर्ण रहेको बताएका छन्। उनले पाकिस्तानमा खेल चलिरहेको समयमा आक्रमण पनि भएको र यो मुद्दा गम्भीर रहेको बताएका छन्। पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीमा १५ खेल हुनेछ। जसमा आठ टोलीले भाग लिनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .