एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले यही चैतमा दुई अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्दैछ।
थाइल्याण्डको राष्ट्रिय र एक शीर्ष क्लबसँग हुने मैत्रिपूर्ण खेलका लागि नेपाली टोली यति बेला बन्द प्रशिक्षणमा रहेर अभ्यासलाई तीव्रता बनाएको छ।
केही अनुभवी राष्ट्रिय खेलाडीबिना तयारी गरिहेको नेपालले अभ्यासलाई तीव्रता दिइरहँदा टोली सुखद नतिजाको लक्ष्यमा हुनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको अनुभव अभिवृद्धिका थाइल्याण्ड भ्रमण गर्दैछ । चैत १० र चैत १३ गते हुने दुई मैत्रिपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीले अभ्यासलाई तीव्रता दिइरहेको छ ।
मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले थाइल्याण्डसँग हुने दुई मैत्रिपूर्ण खेलका लागि यसअघि २५ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए ।
त्यही अनुसार खेलाडीले बन्द प्रशिक्षणमा रहेर अभ्यास गर्दा तीन खेलाडी किरण चेम्जोङ, रोहित चन्द र जगजीत श्रेष्ठ भने उपस्थित थिएनन्।
वैदेशिक क्लबहरूको अनुबन्धमा रहेकाले उनीहरु उपस्थित छैनन्। तर अन्तर्राष्ट्रिय भ्रमणमा उनीहरु समावेश हुनेछन्।
एएफसी कप छनोटको तयारी गरिरहेका कारण मच्छिन्द्रका खेलाडीलाई भने मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक अलमुताइरीले बोलाएका छैनन्।
मच्छिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टारविरुद्ध अप्रिल ५ मा प्रतिस्पर्धा गर्दैछ। ब्लु स्टारविरुद्धको खेलमा मच्छिन्द्रले सुखद नतिजा निकाले मच्छिन्द्रले अप्रिल १२ मा भारतको मोहन बगानविरुद्ध खेल्ने तालिका छ।
Shares
प्रतिक्रिया