ब्राजिलिएन कप्तान ड्यानी आल्भेसले फ्रान्सेली फुटबल क्लब पेरिस सेन्ट जर्मेन पीएसजी छाड्ने भएका छन्।
दुई सिजनपछि ३६ आल्भेसले पीएसजी छाड्न लागेका हुन्। बार्सिलोना, सेभिया तथा युभेन्ट्सजस्ता उत्कृष्ट फुटबल क्लबमा खेलिसकेका उनी सन् २०१७ मा युभेन्ट्सबाट पीएसजीमा अनुबन्ध भएका थिए।
पिएसजीमा ७३ खेल खेल्दा डिफेन्डर आल्भेसले ८ गोल गरेका छन्। आल्भेसले इन्टाग्राममार्फत् आफूले पीएसजी छाड्ने घोषणा गरेका हुन्।
उनले भनेका छन्,‘आज मैले जीवनको अर्को घुम्ती बन्द गर्दैछु, विजयको घुम्ती, सिकाइ र भोगाको घुम्ती।’
‘यो दुई वर्षको अवधि लचकता र निरन्तर आफ्नो जीवनको योजना पुरा गर्ने अभियान थियो। तर जीवनमा सबै चीजको सुरुवात, विकास र समाप्ती हुन्छ। र मेरो अहिले अन्तिम विन्दु आएको छ।’ उनले भने,‘म माफी माग्न चाहन्छु यदी कुनै समय मैले मैदानमा राम्रो खेल्न सकेको थिइन भने, कुनै सयम मैले गल्ती गरेको भए पनि माफी माग्न चाहन्छु, तर मैले हरेक समय राम्रो गर्नको लागि प्रयास गरे।’
आल्भेसले पीएसजीमा लगातार २ सिजन लिग वानको उपाधि जिते साथै एक कोप दि फ्रान्स र एक कोप दि ला लिगको उपाधि जिते।
यसअघि बार्सामा मेस्सीसँग खेल्दा आल्भेसले ६ वटा ला लिगा र ३ वटा च्याम्पियन्स लिग हात पारेका थिए।
आल्भेसले सबैलाई धन्यवाद भनेका छन्। यद्यपी उनी कुन टोलीमा जाने भन्ने अहिलेसम्म खुलेको छैन।
Shares
प्रतिक्रिया