ad ad

खेल


जुडो खेल्न नेपाली टोली थाइल्यान्ड जाँदै

जुडो खेल्न नेपाली टोली थाइल्यान्ड जाँदै

नेपालखबर
असार ३१, २०७९ शुक्रबार १२:३३, काठमाडौँ

थाइल्यान्डको बैंककमा हुने एसियाली क्यारेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्दै छ। च्याम्पियनसिपका लागि ४ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली जाँदै छ। 

थाइल्यान्ड जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहालले बिदाई गरे।

च्याम्पियनसिपमा क्याडेटमा २ र जुनियरमा २ गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

 क्याडेट/जुनियरमा १–१ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

जुनियरको पुरुष ६० केजीमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठले चुनौती दिनेछन्। 

क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला ४८ केजीमुनि निशा श्रेष्ठले खेल्नेछन्। 

घरेलु प्रतियोगितामा चारै खेलाडीले बन्दी सहायता नियोग (पाम) को प्रतिनिधित्व गर्छन्। 

टोली प्रमुखमा नेपाल जुडो संघका अध्यक्ष समेत रहेका जुडो युनियन अफ एसिया (जेयूए) का एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य दीपकहर्ष बज्राचार्य छन्। 

टिम व्यवस्थापकमा दावा ग्याल्जेन शेर्पा तथा प्रशिक्षकमा दीपक श्रेष्ठ छन्। जुडो संघका खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकार पनि टोलीसँग बैंकक जाने छन्। च्याम्पियनसिप साउन १ देखि ७ गतेसम्म हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .