ad ad

खेल


जिम्बाबे र नेदरल्याण्ड्स टी–२० विश्वकपमा

जिम्बाबे र नेदरल्याण्ड्स टी–२० विश्वकपमा

नेपालखबर
असार ३२, २०७९ शनिबार ६:४८, काठमाडौँ

जिम्बाबे र नेदरल्याण्ड्स टी–२० विश्वकपमा पुगेका छन्। टी–२० वर्ल्ड कप क्वालिफयर्सको शुक्रबार भएको सेमिफाइनल खेलमा जित हात पार्दै यी दुई टोलीले विश्वकपको यात्रा तय गरेका हुन्। 

शुक्रबारको खेलमा जिम्बाबेले पपुवा न्युगिनीमाथि २७ रनको जित हात पारेको हो।

पहिला ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पीएनजीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। 

त्यस्तै अर्को खेलमा नेदरल्याण्ड्सले अमेरिकालाई ७ विकेटले हरायो।

अमेरिकाले जितको लागि दिएको १३९ रनको सहज लक्ष्य नेदरल्याण्ड्सले ३ विकेट गुमाउँदै ६ बल बाँकी छँदै पूरा गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .