ad ad

खेल


इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतको कब्जा

इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतको कब्जा

नेपालखबर
साउन २, २०७९ सोमबार ७:२, काठमाडौँ

इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिज भारतले २–१ ले आफ्नो पक्षमा पारेको छ।

सोमबार भएको अन्तिम खेलमा ५ विकेटको जित हात पार्दै भारतले सिरिजमा कब्जा जमाएको हो।

सोमबार भएको खेलमा पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले ४५ ओभर ५ बल खेल्दै २५९ रन बनाएको थियो।

उसका लागि जोस बटलरले ६० रनके पाली खेलेका थिए। भारतका हार्दिक पाण्ड्याले ४ तथा यजुवेन्द्र चहलले ३ विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको भारतले ४२ ओभर १ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

भारतका लागि रिषभ पन्तले अविजित १२५ रनको पाली खेले भने हार्दिक पाण्ड्याले ७१ रन बनाए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .