ad ad

खेल


अलि खानको अभिव्यक्तिविरुद्ध उभिए विदेशी क्रिकेटर, नेपाली फ्यानको तारिफ

अलि खानको अभिव्यक्तिविरुद्ध उभिए विदेशी क्रिकेटर, नेपाली फ्यानको तारिफ

नेपालखबर
साउन ३, २०७९ मंगलबार १३:२७, काठमाडौँ

अमेरिकी राष्ट्रिय क्रिकेट टोलीका बलर अली खानले नेपाली समर्थकमाथि नकारात्मक टिप्पणी गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ। 

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा अली प्रति नेपाली समर्थक कडा रुपमा प्रस्तुत भएका छन्। अमेरिकी पत्रकार पिटर डेला पेनाले एक समर्थकले लेखेको व्यक्तिगत सन्देशको पोष्ट सार्वजनिक गरेका थिए।

नाम नखुलेका ती समर्थकले पिटरले कमेन्ट्री गर्दा नेपालको विपक्षमा बोलेको बताएका थिए। सोही पोष्टमा अली खानले नेपालका समर्थक सबैभन्दा खराब रहेको टिप्पणी गरेका थिए। 

पाकिस्तानमा जन्मिएका अली सन् २०१६ मा अमेरिकाबाट डेब्यु गरेका थिए। अली आफ्नो परिवारसँग १८ वर्षको हुँदा अमेरिका पुगेका थिए। अलीले नेपाली समर्थकमाथि टिप्पणी गरेपछि क्रिकेट समर्थक उनीमाथि खनिएका हुन्। 

नेपाली समर्थकमात्र हैन, नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले पनि अलीलाई जवाफ फर्काएका छन्। कप्तान लामिछानेले नेपालका समर्थक खेलप्रेमी रहेको र एक खेलाडी सहकर्मीबाट यस्तो नकारात्मक टिप्पणी अपेक्षा नगरेको उल्लेख गरेका छन्।

लामिछानेले लेखेका छन्, ‘मैले आफ्नो क्रिकेटका सहकर्मीबाट यस किसिमको नकारात्मक टिप्पणी अपेक्षा गरेको थिइनँ। नेपालीहरुको श्वासमा क्रिकेट छ, रगतमा क्रिकेट छ। क्रिकेटको विश्व मानचित्रमा नै नेपाली समर्थकको विशेष स्थान छ। खेलले मान्छेलाई एक बनाउने हो, विभाजित होइन। 

पछिल्लो समय खराब प्रदर्शनका कारण सन्दीपको आलोचना भइरहे पनि उनले फर्काएको जवाफमा समर्थक उनको पक्षमा आएका छन्।

सन्दीपलाई समर्थन गर्दै नामिबिया क्रिकेट टोलीका कप्तान गेर्हार्ड एरास्मसले फिल्डमा कडा संघर्ष गर्नु राम्रो भएको प्रतिक्रिया दिएका छन्।

त्यस्तै यूएईका क्रिकेटर रोहन मुस्ताफाले पनि नेपाली क्रिकेट फ्यानले आफूलाई सधैं माया दिएको उल्लेख गरेका छन्। 

सन्दीपको ट्वीटमा समर्थन गर्दै अष्ट्रेलियाका पूर्व क्रिकेटर रयान काम्पबेलले पनि आफ्नो समयमा  एशोसियट क्रिकेटमा नेपाली समर्थकहरु अद्भूत रहेको बताएका छन्। उनले आफूलाई मनपर्ने ठाउँमध्ये नेपाल पनि एक भएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .