ad ad

खेल


पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने

पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने

नेपालखबर
साउन ८, २०७९ आइतबार १७:६, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन्। 

लेजेन्ड्स लिगले सामाजिक सञ्जालमार्फत पारसले लिग खेल्ने जानकारी दिएको हो। 

लिगमा पारस खड्कासहित श्रीलंका बलर चामिन्डा भास, धम्मिका प्रसाद, लक्ष्मीरतन शुक्ला लगायतका चचिर्त खेलाडीले खेल्नेछन्। लिग आगामी सेप्टेम्बर अक्टोबरमा भारतमा हुँदैछ।

 गत जनवरीमा भएको प्रतियोगितामा वल्र्ड जायन्ट्स, एसिया लायन्स र भारतको महराज क्रिकेट टोली गरि तीन टोलीले प्रतिस्पर्धा गरेका थिए। उपाधि विश्व जायन्ट्सले जितेको थियो।

यसपटक प्रतियोगिता भारतमा हुँदैछ।

पूर्वकप्तान खड्काले गतवर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .