ad ad

खेल


वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृङ्खलामा भारतको कब्जा

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृङ्खलामा भारतको कब्जा

नेपालखबर
साउन ९, २०७९ सोमबार ६:५०, काठमाडौँ

भारतले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय क्रिकेट शृङ्खला आफ्नो पक्षमा पारेको छ।

आइतबार भएको दोस्रो एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिजमाथि दुई विकेटको जित हात पारेको हो।

आइतबार भएको खेलमा पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३११ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि शाइ होपले ११५ रनको शतकीय पाली खेलेका थिए भने कप्तान निकोलास पूरनले ७४ रन बनाए। 

भारतका शार्दूल ठाकुरले ३ विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको भारतले ४९ ओभर ४ बलमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

भारतका लागि श्रेयस ऐय्यरले ६३, सन्जु सामसनले ५४ र अक्षर पटेलले अविजित ६४ रनको पाली खेले। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .