ad ad

खेल


यू -२० साफ च्याम्पियनसिपमा आज श्रीलंकासँग खेल्दै नेपाल

यू -२० साफ च्याम्पियनसिपमा आज श्रीलंकासँग खेल्दै नेपाल

नेपालखबर
साउन ११, २०७९ बुधबार १०:८, काठमाडौँ

भारतमा जारी साफ यू -२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ।

भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो।

श्रीलंकाविरुद्ध हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे हुनेछ।

पहिलो खेलमा सुखद सुरुवात गरेको नेपालले दोस्रो खेलमा पनि निरन्तरता दिन चाहन्छ।

साथै श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्दै फाइनल प्रवेशका साथ बलियो आधार बनाउन चाहन्छ।

यस अघि सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .