ad ad

खेल


वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृङ्खलामा भारतको क्लिन स्वीप

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृङ्खलामा भारतको क्लिन स्वीप

नेपालखबर
साउन १२, २०७९ बिहिबार ७:४, काठमाडौँ

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृङ्खलामा भारतले क्लिन स्वीप गरेको छ।

बुधबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा वेस्ट इन्डिजलाई डक अफ वर्थ लेभिस नियमअनुसार ११९ रनले पराजित गर्दै एकदिवसीय शृङ्खला ३–० ले आफ्नो पक्षमा पारेको हो। 

बुधबारको खेलमा पहिला ब्याटिङ गरेको भारतले ३६ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर २२५ रन बनाएको थियो। सो क्रममा वर्षाले खेल रोकिएपछि वेस्ट इन्डिजले ३५ ओभरको लागि २५७ रनको लक्ष्य पाएको थियो। 

भारतका लागि शभमन गिलले अविजित ९८ रनको पाली खेलेका थिए। त्यस्तै शखर धावनले ५८ रन बनाए। 

जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिज २६ ओभरमा १३७ रनमा समेटियो। भारतका यजुवेन्द्र चहलले सर्वाधिक ४ विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .