साफ यू–१५ महिला टोलीको मुख्य प्रशिक्षकमा भगवती राना नियुक्त भएकी छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार नेपाली महिला टोलीको जिम्मा रानालाई दिएको हो।
साफ महिला च्याम्पियसिप नोभेम्बर १ देखि १२ सम्म बंगलादेशमा हुँदैछ।
टोलीको सहायक प्रशिक्षकमा मंगल महर्जनलाई नियुक्त गरेको छ।
राना र महर्जनलाई एन्फाका महासचिव किरण राईले नियुक्ती पत्र दिएका हुन्।
27
Shares
प्रतिक्रिया