केलियन एमबाप्पे र ओलिभर जिरुडको गोलमा फ्रान्सले यूईएफए नेसन्स लिगमा पहिलो जित दर्ता गरेको छ। बिहीबार राति भएको खेलमा फ्रान्सले अस्ट्रियालाई २–० गोल अन्तरले हराउँदै पहिलो जित हासिल गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भए।
खेलको ५६औं मिनेटमा जिरुडको पासमा एमबाप्पेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। ६५औं मिनेटमा जिरुडले एन्टोइन ग्रिजमनको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
जितसँगै समूह एमा रहेको फ्रान्स तालिकाको तेस्रो स्थानमा उक्लेको छ। फ्रान्सले ५ खेलबाट ५ अंक जोडेको छ। अस्ट्रिया ४ अंकमा तालिकाको पुछारमा छ।
गएराति नै भएको अर्को खेलमा क्रोएसियाले डेनमार्कलाई २–१ गोल अन्तरले हराएको छ। क्रोएसिया ५ खेलबाट १० अंक जोड्दै समूह एको शीर्ष स्थानमा छ। क्रोएसियाका लागि बोरना सोसा र लोभरको माजेरले एक एक गोल गरे। डेनमार्कका क्रिस्टियन एरिक्सनले एक गोल फर्काए। डेनमार्क ९ अंकमा दोस्रो स्थानमा छ।
Shares
प्रतिक्रिया