पाकिस्तानविरुद्धको टी२० क्रिकेटमा इंग्ल्याण्डले ८ विकेटको जित हात पारेको छ। शुक्रबार राति भएको खेलमा पाकिस्तानले दिएको १७० रनको लक्ष्य इंग्ल्याण्डले दुई विकेट गुमाउँदै ३३ बल अगावै पूरा गरेको हो।
इंग्ल्याण्डलाई जित दिलाउने क्रममा फिल सल्टले अविजित ८८ रनको पाली खेले।
पाकिस्तानका लागि सहाब खानले दुई विकेट लिएका थिए।
यसअघि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६९ रन बनाएको थियो।
पाकिस्तानका लागि कप्तान बाबर आजमले अविजित ८७ रनको पाली खेलेका थिए।
इंग्ल्याण्डका लागि डेभिड विली र साम करनले समान २/२ विकेट लिए।
यससँगै सात खेलको सिरिजमा इंग्ल्याण्डले ३–३ को बराबरी गरेको छ।
66
Shares
प्रतिक्रिया