ad ad

खेल


पीपीएल: कुुशलकाे आक्रामक पारीसँगै पोखराको शानदार सुरुआत

पीपीएल: कुुशलकाे आक्रामक पारीसँगै पोखराको शानदार सुरुआत

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ७:५८,

कुशल भुर्तेलले आक्रामक पारी खेलेपछि साविक विजेता पोखरा पल्टनले आइतबारबाट शुरु भएको पोखरा प्रिमियर लिग(पीपीएल)को उद्घाटन खेलमा काठमाडौं गोल्डन्स वारियर्समाथि ९ विकेटको शानदार जित हात पारेको छ।

पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा ओपनर भुर्तेलले ४३ बलमा ४ चौका र ५ छक्कासहित ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपछि काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १४.१ ओभरमा १ विकेट गुमाएर भेट्टायो।

यस्तै पोखराका रविइन्दर सिंहले ३८ रन जोडे। ३२ बलमा उनले ५ चौका र १ छक्का प्रहार गरे। उसका अर्का ओपनर आसिफ शेख १४ रनमा आउट भएका थिए।

त्यसअघि सुबोध भाटीले २९ बलमा ४ चौका र ४ छक्कासहित ४५ रनको इनिङ्स खेलेपछि काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो।

काठमाडौंका लागि भाटीबाहेक गौरव तमोरले १३ र सुशान भारीले १० रन जोडे। त्यसबाहेक अरुले दोहोरो रन जोड्न सकेनन्।

कप्तान ज्ञानेन्द्र मल्ल १, जयकिशन कोल्सावाला ९, सुवास खकुरेल र पवन सर्राफ ६, पृथु बास्कोटा ७ रनमा आउट भए।

पोखराका ललितनारायण राजवंशी, कुशल मल्ल र रासिद खानले २-२ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .