ad ad

खेल


नवौँ खेलुकद : महिला क्रिकेट आइतबारदेखि

नवौँ खेलुकद : महिला क्रिकेट आइतबारदेखि

नेपालखबर
असोज २२, २०७९ शनिबार २१:२०, काठमाडौँ

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ।

पोखरा रगंशालाभित्र रहेको क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेश र मधेश प्रदेश भिड्दैछन्। खेल बिहान सबा ९ बजे सुरु हुनेछ।

प्रतियोगिताको पहिलो दिन आइतबार दुई खेल हुनेछ। भोलि नै हुने अर्को खेलमा सुदुर पश्चिम र बागमती प्रदेश भिड्नेछन्। खेल सवा १ बजे सुरु हुनेछ। 

प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समुहमा बाडिएको छ। समुह ए मा सशस्त्र प्रहरीको एपीएफ, गण्डकी प्रदेश, मधेश प्रदेश, सुदुर पश्चिम र बागमती प्रदेश छन्।

समूह बी मा नेपाल प्रहरी, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .