ad ad

खेल


महिला क्रिकेटमा बागमतीको विजयी सुरुवात, सुदूरपश्चिम ८ विकेटले पराजित

महिला क्रिकेटमा बागमतीको विजयी सुरुवात, सुदूरपश्चिम ८ विकेटले पराजित

नेपालखबर
असोज २३, २०७९ आइतबार १६:१५, काठमाडौँ

अस्मिता खरेल र कञ्चन श्रेष्ठको उत्कृष्ट साझेदारीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ। 

प्रतियोगिताको दोस्रो खेलमा बागमतीले सुदूरपश्चिमलाई ८ विकेटले पराजित गरेको हो। 

सुदूरपश्चिमले दिएको ७२ रनको लक्ष्य बागमतीले १३.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। 

सुमन खतिवडा ११ र आरती विडारी ३ रनमा नटआउट रहे। पहिलो विकेटका लागि ओपनर अस्मिना खरेल र कन्चन श्रेष्ठले १०.४ ओभरमा ४७ रनको उत्कृष्ट साझेदारी गरे। २६ बलको सामना गरेकी खरेल ९ रनमा पवेलियन फर्किइन्। 

कन्चन २५ रनमा रन आउट भइन्। ४४ बलको सामना गरेकी कन्चनले १ चौका हानिन्। 

त्यसअघि पोखरा रगंशालास्थित क्रिकेट मैदानमा बागमतिले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश  १८ दशमलव २ ओभरमा ७१ रन जोड्दा अलआउट भयो। 

अनु कडायतले जोडेको २२ रन नै सुदूरपश्चिमका लागि सर्वाधिक रह्यो। उनले २३ बलमा २ चौका हान्दै २२ रन जोडिन्। अन्य ८ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

ओपनर रुबी पोडारले जोडेको १२, कप्तान बिन्दु रावल ५ रनमा पवेलियन फर्के। रुवीले २१ बलमा १ चौका प्रहार गरिन्। रावल ५ बलमा एलबीडब्लु धरापमा पर्दै आउट भइन्। यासु पाण्डे ७ रनमा आउट भइन्। यशोदा विष्ट र सवित्री धानु शुन्य रनमा आउट भए। रितु कनौजिया ३ र डोली भट्ट २ रनमा पवेलियन फर्के। स्नेहा महरा ५ रनमा रन आउट भइन्। 

बागमती प्रदेशकी सोनी पाख्रिन एक्लैले ५ विकेट झारिन्। उनले आफ्नो स्पेलमा १३ रन खर्च गरिन्। र खुसी डंगोलले २ विकेट झारिन्। कृष्मा गुरुङ र अस्मिता खरेलले समान १ विकेट लिए।  

आजै भएको पहिलो खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .