सम्झना बुढाथोकीको अर्धशतकमा नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले प्रदेश १ सामु १ सय ५८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
पोखरा रगंशालास्थित क्रिकेट मैदानमा प्रदेश १ ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५८ रनको योगफल तयार पारेको हो। पुलिसले प्रतियोगिता कै सर्वाधिक योगफल तयार पारेको हो।
पुलिसका लागि सम्झनाले सर्वाधिक ६० रनको योगदान दिइन्। सम्झनाले नवौँ खेलकुद प्रतियोगितामा पहिलो अर्धशतक प्रहार गरेकी हुन्।
उनले ३९ बलमा ८ चौका हान्दै प्रतियोगिता कै अर्धशतक पुरा गरिन्। ४३ बलको सामना गरेकी सम्झनाले १० चौका हान्दै ६० रनमा पवेलिएन फर्किइन्।
उनले तेस्रो विकेटका लागि सम्झना र अप्सरी बेगमले ४२ रनको साझेदारी गरे। दोस्रो विकेटका लागि कविता कुवँर र सम्झना खड्काले ७७ रनको साझेदारी गरे। कविताले ३८ बलमा ३ चौका र १ छक्का मद्धतमा ३७ रन जोडिन्। अप्सरी वेगमले २१ र कप्तान रुविना क्षत्री १६ रनमा नटआउट रहे।
अप्सरीले २० बलमा २ चौका र रुविनाले १४ बलमा २ चौका प्रहार गरे।
प्रदेश १ की निशा शाहले १ विकेट लिइन्।
आजै हुने दोस्रो खेलमा लुम्बिनी र कर्णाली प्रदेश भिड्नेछन्। खेल दिउँसो सवा १ बजे सुरु हुनेछ।
Shares
प्रतिक्रिया