ad ad

खेल


नवौँ राष्टिय खेलकुदमा गण्डकीमाथि एपीएफको सहज जित

नवौँ राष्टिय खेलकुदमा गण्डकीमाथि एपीएफको सहज जित

नेपालखबर
असोज २७, २०७९ बिहिबार ११:५, काठमाडौँ

गण्डकी प्रदेशले दिएको २७ रनको झिनो लक्ष्य विभागीय एपीएफ प्रदेशले २.२ ओभरमा नै भेट्टाएको छ। 

नवौँ राष्टिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा गण्डकीले दिएको २७ रनको लक्ष्य एपीएफले २.२ ओभरमा १ विकेटको क्षतिमा क्षति भेट्टाएको हो। 

एपीएएफकी ओपनर ज्योति पाण्डे २ रनमा क्याच आउट भइन्। कप्तान सिता रानामगर १२ र इन्दु बर्मा ९ रनमा नटआउट रहे। 

त्यसअघि पोखरा रगंशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको गण्डकी १८.२ ओभरमा २६ रन बनाउँदा अलआउट भयो। 
विभागीय टोलीसामु निहिर बनेका गण्डकीका कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। कप्तान सृष्टि जैसीले जोडेको ५ रन नै सर्वाधिक रह्यो। 

सुजिता थापा, बिन्दु मगर र सिमाना केसीले मात्र ३ रन बनाए। कुसुम गोदार सृजना पौडेलले समान २ रन बनाए। 

ज्योत्सिना मरासिनी, शिला क्षत्री र श्रेया शर्मा शून्य रनमा पवेलियन फर्के। श्रद्धा गुरुङ शून्य रनमा रन आउट भइन्। निरुता जिटी १ रनमा नटआउट रहिन्। 

एपीएफका इन्दु बर्माले २ तथा निशा भट्ट, नेरी थापा, सुमन विष्ट र सिता राना मगरले समान १ विकेट झारे। 

आजै हुने दोस्रो खेलमा मधेस प्रदेश र सुदुरपश्चिम भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .